नागरिक रैबार/बाजुरा २८ चैत। बाजुरामा जारी प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
कृषि, जडीबुटी उद्योग र व्यापार, बडीमालिकाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ बैशाख १७ गतेबाट सदरमुकाम मार्तडीमा सूरु भएको महोत्सव ११ दिनपछि बुधबार भव्यताका साथ सम्पन्न भएको हो ।
करिव ११ दिनसम्म दैनिक रुपमा संचालन भएको महोत्सवको अन्तिम दिन महानायक राजेश हमालको प्रस्तुतीसंगै सम्पन्न भएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा बडीमालिका सामुदायिक विकास समाज बाजुराका अध्यक्ष अमरबहादुर विश्वकर्माले बताएका छन् ।
बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजना र बडीमालिका नगरपालिकाको प्रबद्र्धनमा मार्तडीमा प्रथम बडीमालिका महोत्सव आयोजना गरिएको थियो ।
“कृषि जडिबुटी, उद्योग, पर्यटन, र व्यापार, बडीमालिकाको समृद्धिका लागि विकासको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको समापन सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गरेका हुन् ।
११ दिनसम्म सञ्चालन भएको महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला संस्कृतिको प्रबद्र्धन र विकास केन्द्रीत भएर सञ्चालन गरिएको थियो । भने साथै स्थानीय कला संस्कृति झल्किने देउडा लगायतका खेलहरु संचालन गरिएका थिए ।
स्थानीय कला संस्कृतिको प्रबद्र्धन, रैथाने खाद्यान्नको पहिचान र उद्यम उत्पादनलाई बढवा दिनको लागि महोत्सव आयोजना गरिएको बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर बहादुर विकले बताएका छन् । उनका अनुसार महोत्सव अवधिभर भएको सवै कार्यक्रम आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन मार्फत जानकारी गर्ने तयारी भएको छ ।
महोत्सवमा कला, संस्कृतिको पहिचान र मौलिकतालाई झल्काउने र पर्यटकीय स्थल बडीमालिकाका प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय कला संस्कृति झल्किने डेउडा, विभिन्न जनचेतनामुलक कार्यक्रम समेत प्रस्तुत गरिएको आयोजकले बताएका छन् ।
स्थानीय तथा रैथाने बालीको उत्पादन, प्रचारप्रसार तथा संरक्षण, स्थानीय कला, संस्कृतिको पहिचान र मौलिकतालाई महोत्सवमा मुख्य प्राथामिकता दिईएको छ ।
बडीमालिकालाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दिर्घकालिन रुपमा यहाँको आर्थिक समृद्धिमा टेवा पुर्याउने महोत्सवको मुख्य उदेश्य रहेको थियो । कार्यक्रमको संयोजक वरिष्ठ एरेन्जर बिनोद बाजुरालीले गरेका हुन् । महोत्सवमा अतिथि कलाकार र बाजुराका गौरवशाली कलाकारहरुले प्रस्तुति राखेका थिए । महोत्सवमा सहभागि कलाकारहरुलाई विदाई गर्दा मायाको चिनो स्वरुप बाजुरामै उत्पादित सिमि र भाँगो प्रदान गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु