होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, फाल्गुन २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बाजुरामा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने
बडीमालिका

बाजुरामा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

  • नागरिक रैबार
बाजुरामा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ ।

बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन् लागेको हो ।

आज बडीमालिका सामुदायिक विकास समाज बाजुराले मार्तडीमा पत्रकार सम्मेलन गर्दै महोत्सव संचालन बारे पत्रकारहरुलाई जानकारी गराएको हो ।

विज्ञापन

प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८१ मा बडीमालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

बडीमालिकाको थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको बडीमालिका सामुदायिक विकास समाज बाजुराका अध्यक्ष अमरबहादुर विश्वकर्माले बताएका छन् ।

महोत्सवमा स्थानीय तथा रैथाने बालीको उत्पादन, प्रचार प्रसार,संरक्षण, स्थानीय कला संस्कृतिको पहिचान र मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाउन मख्य लक्ष रहेको आयोजकले बताएको छ ।

महोत्सवको मूल उद्देश्य बडीमालिकालाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको आयोजकको दावी छ ।

महोत्सवले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, बडीमालिकालाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवमा के के अवलोकन गर्न सकिन्छ ?

महोत्सवमा जिल्ला बाहिरका र नगरका विभिन्न स्थानमा करिव एक सय स्टल रहने निश्चित भएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत १५ देखि २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ ।

साँस्कृतिक बाजागाजा तर्फ ३६ बाजा प्रदर्शनी हुनेछ । स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिनेछ ।

बडीमालिकाको संस्कार र भेषभुषा प्रदर्शनी, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी, मूर्ति र मूर्तिकला प्रदर्शनी, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल, पुस्तक प्रदर्शनी, परम्परागत खेल प्रदर्शनी अन्य झाँकी प्रदर्शनी रहनेछ ।

घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको पनि प्रदर्शन हुनेछ । साथै स्थानीय भुवा नाच, अनन्ते, हुड्केली, गौरा लगायत नगरपालिका भरिका परम्परागत नाच सहित उत्कृष्ट प्रतिभाको खोजि गरि जसको प्रतिभा समेत प्रस्तुत गरिनेछ ।

महोत्सवका मुख्य आकर्षणहरु

महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु खेम सेन्चुरी, प्रमोद खरेल, मेलिना राई, शान्ती श्री परियार, शान्ता रानी परियार, शिव परियार,शोभा त्रिपाठी,एलिना चौहान, बिनोद बाजुराली, राजेन्द्र शाह (विपि),प्रकाश थापा, दुर्गेश थापा, अन्जली अधिकारी, राजु परियार, बद्रि पंगेनी, कुलेन्द्र विश्वकर्मा, देवि घर्ति, खुमन अधिकारी, सागर लम्साल(बले), करन परियार,टंक तिमेल्सेना,धर्मेन्द्र वि.क., श‌ंकर मल्ल ठकुरी, पविन्द्र सुचार, राजेन्द्र बाजुराली, ईब्सल सन्ज्याल, टिका सानु,गौरी भट्ट, अनिसा बाजुराली,शोभा थापा, योगेश विक,लाल बहादुर थापा, लक्ष्मि नेपालि, मन बहादुर रोकाया, लक्ष्मी नेपाल, प्रमोद डि जि, रामबहादुर दानी, हास्यकलाकार किरन थापा, मनिसा सुनार, सुर्यविरही साउँद, राजेन्द्र रावत, दिपक विक (विकास बाजे) धनबहादुर विसि, चित्र विष्ट, हर्क खडायत, संगिता शाह,लाल बहादुर धामी,प्रेम नेपाली,दिर्घ शाही,रंग नेपाली, राजेशपायल विक, मनिसा विक, सागर बाजुरेली, कृष्ण बाजुराली,मन नेपाली, देब बहादुर बोहरा, लक्ष्मी विक, विष्णु धामी,रेखा जोशी, सुना विक,गंगा नेपाली, कला चदारा, तुला विष्ट, विष्ना विष्ट, आदी कलाकारका साथै नृत्य कलाकार झरना विक, विपना विक,विमला विक, उशा विक, मधु विक,विपना विक,कल्पना विक,सोनु विक, भुमिका विक, सुदिप विक,लगाएत स्थानीय खानाका परिकार, सस्तो सुलभ मुल्यमा विभिन्न सामाग्रिहरुको खरिद विक्रि कक्षका स्टलहरु, बालउद्यानका सामाग्रीहरु, झुलाखेल, शैक्षिक तथा साँस्कृतिक बहस आदी कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहने छन् ।

१० दिनसम्म निरन्तर संचालन हुने महोत्सवमा अवलोकनका लागि आउनु हुने सम्पूर्ण पाहुनाहरुलाई महोत्सवका बारेमा जानकारी दिन सूचना केन्द्र, नगरका विभिन्न अस्पताल र नगरका स्वास्थ्य केन्द्रहरुको सहकार्यमा प्राथमिक उपचार केन्द्रको व्यवस्था गरिने भएको छ ।

यस्तै सवारी साधनको व्यवस्थित पार्किङको लागि महोत्सव क्षेत्रका स्थान तथा रोडसाईड नजिकको खेल मैदान, लगायतका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको छ ।

महोत्सवलाई लक्षित गरी विशेष सरसफाई अभियान सञ्चालन भइरहने छ । यसका लागि नगरभित्र सरसफाईको क्षेत्रमा कार्यरत संघसंस्था, नगरपालिका, प्रहरी र स्थानीयको समूह परिचालन गरिएको छ ।

महोत्सवका बेला शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय मार्तडी बाजुरा, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी परिसर मार्तडी, शसस्त्र प्रहरी बल बाजुरा, नेपाली सेनाको थापाथली व्यारेक रराष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लगायतका निकायसँग सहकार्य र समन्वय भइरहेको छ । साथै स्थानीय स्वयम सेवक पनि परिचालन गरिनेछन । महोत्सवलाई भव्य, सभ्य र व्यवस्थितरुपमा सञ्चालन गर्न स्थानीय स्काउट, नगरको युवा क्लव र युवा क्लव सञ्जाल, विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा परिचालन गरिनेछ ।

यसका साथै महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुको सुविधाको लागि महोत्सव क्षेत्रमा प्रवेश गर्नका लागि सिजनल पास (मेला अवधिभरको एकमुष्ट) शुल्क रु ७००, वयस्क व्यक्ति रु १००, जेष्ठ नागरिक (७० बर्ष भन्दा माथी) रु ५०, बालबालिका/विद्यार्थी ५०, १० बर्ष मुनिका ५० प्रतिदिन प्रवेश शुल्क लाग्ने आयोजकले बताएकोछ ।

महोत्सव संचालनको लागि विभिन्न उपसमितिहरु निर्माण गरि परिचालन गरिने छन । जसमा आर्थिक व्यवस्थापन समिति, संयोजक अमरबहादुर विश्वकर्मा, प्रचार प्रसार उपसमिति संयोजक मदन विक, अतिथि सत्कार उपसमितिसंयोजक नर बहादुर विक, स्वयम् सेवक परिचालन उपसमिति संयोजक विरेन्द्र रावल, दिपक विक, स्थानीय समन्वय उपसमिति संयोजक धिरेन विक, साँस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजेश पायल विक रहेका छन् ।

प्रथम पटक आयोजना हुन् लागेको उक्त महोत्सवमा करिव ५० हजार दर्शकहरुले महोत्सव अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ भने महाेत्सवमा जिल्ला भित्र र जिल्ला बाहिरका करिब एक सय बढि स्टल रहने अनुमान आयोजकले गरेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै