पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे थियाे ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका चार प्रतिवादीतर्फको बहस बाँकी छ ।
उनीहरुको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतले प्रगतिवादीहरूका हकमा पुर्पक्ष, धरौटी वा साधारण तारेख मध्येको एक आदेश गर्नेछ ।
फेसबुक प्रतिक्रियाहरु