होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • गोरखामा यसरी मनाइयो ‘मकै सुकाउने’ पर्व
Breaking News

गोरखामा यसरी मनाइयो ‘मकै सुकाउने’ पर्व

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गोरखामा यसरी मनाइयो ‘मकै सुकाउने’ पर्व

गोरखा जिल्लामा ‘मकै सुकाउने’ पर्व मनाइएको छ । जिल्लाका नेवार समुदायले गोरखा नगरपालिका–६ ठुलोआँगनमा विभिन्न थरिका अन्न जूनको उज्यालोमा राखेर पर्व मनाएका हुन् ।भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सहित पर्व मनाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले जनाएको छ ।

‘स्थानीय आ–आफ्नो घरबाट विभिन्न थरिका अन्न लिएर आउनुहुन्छ,’ समिति अध्यक्ष सुरेशमान श्रेष्ठले भने, ‘त्यसलाई चन्द्रमाको उज्यालोमा राखेर प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।’कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले अन्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको श्रेष्ठले बताए । यसरी सुकाएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली बलियो हुने विश्वाससमेत रहेको उनको भनाइ छ ।

यसअघि नेवार समुदायले परम्परागत रुपमा आ–आफ्नो घरमा अन्न सुकाउने प्रचलन थियो । २०७६ सालदेखि समितिको अगुवाइमा सामूहिक रुपमा अन्न सुकाउने पर्व मनाउन थालिएको हो ।पर्वको अवसरमा भजनसँगै चुट्का नाच पनि नाचिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै