होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले विधान महाधिवेशन: कर्ण थापालाई फरक मत पेस गर्न रोक
देश/प्रदेश

एमाले विधान महाधिवेशन: कर्ण थापालाई फरक मत पेस गर्न रोक

  • नागरिक रैबार
एमाले विधान महाधिवेशन: कर्ण थापालाई फरक मत पेस गर्न रोक

एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।

महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ‌ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।

अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने ।

थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार