होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • समृद्धिकाे आधार तय गर्न बुढीग‍‍ंगामा विकास कचहरी हुने
बाजुरा बिशेष

समृद्धिकाे आधार तय गर्न बुढीग‍‍ंगामा विकास कचहरी हुने

  • नागरिक रैबार
समृद्धिकाे आधार तय गर्न बुढीग‍‍ंगामा विकास कचहरी हुने

नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिकाले विकास र संवृद्धिको लागि विकास कचहरी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जिल्लामा उपलव्ध सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको विकास र संवृद्धिको आधार तय गर्ने गरि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको नगर प्रमुख  बानियाँले जानकारी दिए ।

विज्ञापन

जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको प्रमुख उदेश्य रहेको छ ।

May be an image of text that says 'हार्दिक निमन्त्रणा Invitation "समद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी Karnali १०८१" "शिक्षा, स्वास््य, कृषि, पर्यटन र पूर्वाधार, सुरक्षित र समृद़ बुढीगंगा विकासको आधार" बुढियंगा नगरपालिकाले आयोजना गरेको समृद्तिको आधारका लागि बुढीगंगा विकास कचहरी-२ तपसिलको मिति, स्थान र समयमा हुने भरकोले यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गरिन्छ| मिति: २०८२ बैशाख ၃၆, ၃၀ र २९ गते स्थान: बुढीगंगा नगरपालिका बाजुरा समय: 99 बजे आयोजक: बुढीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुल्देवमाण्डी, बाजुरा'

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना सम्वन्धि उक्त कार्यक्रममा छलफल गरिने भएको छ । अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र सङ्कल्पसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।

स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ ।

सबै राजनीतिक दललाई विकास र संवृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै