होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव
समाचार

जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव

नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव भएको छ ।  यस अघि जिल्ला अस्पताल बाजुराले निःशुल्क रुपमा उक्त खोप सेवा दिदै आएको थियो ।

तर आजबाट अस्पतालमा रेविज रोग विरुद्धको खोप सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क खोप सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

जिल्ला अस्पताल बाजुराका अनुसार नियमित रुपमा रेविज रोग विरुद्धको खोप सेवा दिदै आएकोमा प्रदेश आपुर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पतालमा उक्त खोप आपुर्ति नभएकाले सेवा बन्द गरेको जनाएको छ ।

रेविज रोग विरुद्धको खोप लगाउनका लागि अस्पतालमा आउने सेवाग्राहीले अन्यत्रबाट ल्याएमा खोप सेवा दिनसकिने अस्पतालले जनाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै