होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • आगलागी पीडितलाई बडीमालिकाले गर्यो राहत वितरण
बुढीनन्दा

आगलागी पीडितलाई बडीमालिकाले गर्यो राहत वितरण

  • नागरिक रैबार
आगलागी पीडितलाई बडीमालिकाले गर्यो राहत वितरण

नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको सदरमुकाम मार्तडीमा एक घरमा भएको आगलागी पीडितलाई बडीमालिका नगरपालिकाले राहत वितरण गरेको छ । २१ माघमा बडीमालिका नगरपालिका–९ गैरीबजार स्थित एक घरमा आगलागी भएको थियो ।

आगलागीबाट पीडित भएका बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई मार्तडी बस्दै आएका पशुपति थापाको परिवारलाई राहत वितरण गरिएको हो । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको नेतृत्वमा राहत वितरण गरिएको हो ।

जसमा बडीमालिका नगरपालिका, पीसविन नेपाल, गिफ्ट नेपाल, उपहार नेपाल र एच।आर।सी।बाजुराले राहतमा सहयोग गरेका छन् । राहतमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत वितरण गरिएको बडीमालिका नगरपालिकाका कर्मचारी भानुभक्त जैशीले बताएका छन् ।

विज्ञापन

राहत वितरणमा नगर प्रमुख अमर खड्का, नगर प्रवक्ता धर्मराज पाध्याय, वडा अध्यक्ष चन्द्र थापा, सूर्य किरण विक लगायत सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार