होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकाका बाढीपीडितले ४ वर्ष वित्दा समेत पाएनन् राहत
Breaking News

बडीमालिकाका बाढीपीडितले ४ वर्ष वित्दा समेत पाएनन् राहत

तत्काल राहतको माग गर्दै पीडितहरु प्रशासनमा

  • नागरिक रैबार
बडीमालिकाका बाढीपीडितले ४ वर्ष वित्दा समेत पाएनन् राहत

नागरिक रैबार/बाजुरा २२ पुस । बाजुराको बडीमालिका नगरपालिका २ घागरका बाढीपीडितले चार वर्षवितिसक्दा पनि राज्यबाट राहत पाउन सकेका छैनन् ।

२०७७ साउन २५ गते राति एकजनाको ज्यान जानेगरी बुढीगंगा नदीमा आएको बाढीबाट पीडित बनेका परिवारले चार वर्ष वितेको भएपनि राहत पाउन नसकेका हुन् ।

बुढीगंगा नदीमा आएको बाढीले बडीमालिका नगरपालिका २, ४ र ६ नम्वर वडाका ३७ परिवारको उठिबास भयो । बाढीले बडीमालिका नगरपालिका २ को घागर, भौनेरा, ४ को ओलेना र ६ को जडागांका गरी ३७ परिवार बाढीपहिरोबाट विस्ताथित भएका थिए ।

विज्ञापन

सदरमुकाम मार्तडी संग जोडीएको नगरपालिकाका २, ४ र ६ का गरी ३७ परिवार भएका थिए । तत्कालिन समयमा गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले बाढीपहिरोको स्थलगत अुनगमन गरेर बाढी पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्कालै सरकारले राहत र पुर्नस्थापनाका लागि पहल गर्ने आश्वासन दिएका भएपनि अहिले सम्म राज्य बेखवर बनेको बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बर महतले बताएका छन् ।

तर बाढीपहिरोबाट विस्थापित बनेको चार वर्ष वितिसक्दा पनि संघिय सरकार, प्रदेश र स्थानीय सरकारले बाढीपिडितहरुको पुर्नस्थापनाका लागि कुनै पहल नगर्दा बाढीपिडितहरु थप पिडामा परेको स्थानीय बाढीपिडित हर्क महतले गुनासो गरेका छन् ।
बुढीगंगा नदिमाआएको बाढीले बडीमालिका २ घाघरकी विर्मा महतको घरखेत सहित सवै बगाएको थियो । उनी अहिले जहान परिवार सहित माइतिले दिएको जग्गामा आश्रय लिएर बसिरहेकी छन् । राज्यले सहयोग गर्ला अनि कतै घर बनाँउला भनेर उनी पर्खाईमा रहेकी छन् ।

विर्मा जस्तै बाढीबाट विस्थापितबनेकी सुन मतिमहतको पिडापनि उस्तै छ । उनको अहिले १३ जनाको जहान परिवार छ । बाढीले घरखेत बगाएपछि उनलाई घरको दैनिक गुजरा चलाउन निकै समस्या भएको छ ।

बाढीले स्थानीयकाभौतिक संरचना संगै खेतियोग्यजमिन बगाएपछि अहिले उनीहरु अरु गाउँलेको जग्गामा अस्थाई जस्तापाताका टहरामाबस्न बाध्यभएका छन । बाढीले क्षतिपुगाएको ५ बर्ष वितिसक्दा पनि पुननिर्माण विभाग जिल्ला प्रशासन र नगरपालिका वेखबर भएको भन्दै पीडितपरिवारहरुले सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेर तत्काल राहत उपलव्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्रजिअ मेघनाथ पाध्याय मार्फत सरकारको ध्यानाकर्षण गर्दै बडीमालिकाका बाढीपीडित स्थानीयले भने अवको ५ दिनभित्र आफ्‌नो माग पुरा नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बाढीपहिरोबाट विस्थापित परिवारका लागि आफुले सम्वन्धित निकायमा निरन्तर पहल गरिरहेको बताएका छन् ।

नागरिकहरुलाई बाढीपहिरोबाट विस्थापित हुन नदिनका लागि राज्यले पुर्वतयारी नगर्दा र जोखिमयुक्त बस्तीहरुलाई सुरक्षित ठाउँमा नसार्दा बाजुरामा बर्षेनी सयौंको संख्यामा परिवारहरु बाढी पहिरो जस्ता मन्सुनजन्य विपदबाट विस्थापित भईरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार