होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सार्वजनिक यातायातको भाडादर वृद्धि, बाजुरा–काठमाण्डौं ४५ सय १० रुपैयाँ लाग्ने
समाचार

सार्वजनिक यातायातको भाडादर वृद्धि, बाजुरा–काठमाण्डौं ४५ सय १० रुपैयाँ लाग्ने

  • नागरिक रैबार
सार्वजनिक यातायातको भाडादर वृद्धि, बाजुरा–काठमाण्डौं ४५ सय १० रुपैयाँ लाग्ने

नागरिक रैबार/बाजुरा २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबार सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरेको जनाएको छ ।

बाजुराबाट संघीय राजधानी काठमाडौंसम्मको सडकको दूरी ९ सय ४४ किलोमिटर छ । वृद्धि भएको भाडादर अनुसार बाजुराबाट काठमाण्डौं बसमा यात्रा गर्ने यात्रुले अब ४ हजार ५ सय १० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

विज्ञापन

यस अघि बाजुराबाट काठमाण्डौ एसि गाडीमा प्रति यात्रुले ४ हजार ३ सय ५० रुपैयाँ तिर्दै आएका थिए । सरकारले कायम गरेको नयाँ भाडादर पुस २२ गते सोमबारदेखि नै लागू हुने जनाइएको छ ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि