नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराकाे गाैमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्मरबहादुर रोकाया रहेका छन् ।
घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार विहान मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा रहेकाे घाँस काट्ने क्रममा लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताएका छन् ।
करिब एक सय मिटर तल खोचाँको खोलामा उनको शव फेला परेको उनले बताएका छन् । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारी समेत हुन् ।
उनको अन्तिम संस्कार छोरा र दाई पुगे मात्र गरिने भएको छ । छोरा नेपाल प्रहरी र दाई भारतमा रहेका छन् ।
उनीहरु बिहीबार मात्र पुग्ने बुझिएको छ । एकाएक मृत्यु भएका कारण सिंगो टाँडाकोट गाउँ अहिले शोकमा परेको छ ।
फेसबुक प्रतिक्रियाहरु