नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराको त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने दिएको छ । आइतवार नगरपालिकाले एक सार्वजनिक सूचना जारी साउन २१ देखि २३ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन ६ गते बसेको कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिन लागेको हो ।
प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन २३ गते शुक्ल चतुर्दर्शीका दिन पूजा तथा मेला लाग्दैछ । मेलाको अवसरमा नगरपालिकाले दिन लागेको सार्वजनिक विदा अनुसार नगरभित्रका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरु पूर्ण रुपमा बन्द हुने छन् । बडीमालिकाको दर्शनका लागि तीर्थालु भक्तजनहरु दिनप्रतिदिन त्यस तर्फ गइरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु