होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, फाल्गुन २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • फलाम खानीको सम्भाव्यता अध्ययन गर्न गौमुलले मन्त्रालयलाई पठायो पत्र
Breaking News

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न गौमुलले मन्त्रालयलाई पठायो पत्र

  • नागरिक रैबार
फलाम खानीको सम्भाव्यता अध्ययन गर्न गौमुलले मन्त्रालयलाई पठायो पत्र

नागरिक रैबार/बाजुरा १८ फागुन। बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालायलाई पत्र पठाएको छ ।

परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् ।

स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन् । हालसम्म पनि देखे सुनेका व्यक्तिहरूले औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ ।

विज्ञापन

गाउँपालिकाका ६ वटै वडामा फलाम खानीको सम्भावना रहेको छ । गाउँपालिकाले फागुन १८ गते पत्र पठाएकोमा मन्त्रालयले सोही दिन दर्ता गरेको छ । दर्ता नम्बर १६७ मा दर्ता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक पक्रिया अघि बढाउन तोकादेश समेत गरिसकेका छन् ।

फलाम खानी उत्खनन गर्न सके हजारौँको रोजगारी र विदेशबाट आउने फलाम नेपालमै उत्पादन गरी आर्थिक वृद्धि गर्न सकिने विश्वास गाउँपालिकाको रहेकाे छ । गाउँमा मानाकोटे धन, साबल, तावा, बन्चरा सहितका औजार सामाग्री हालसम्म पनि प्रयोगमा रहेको अवस्था छ ।

पालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यहीँ अनुहार नै मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट र विज्ञको माग गरेको अध्यक्ष रोकायाले बताए । गाैमुल गाउँपालिकाको मानाकोट क्षेत्रमा फलाम खानी रहेको गाउँपालिकाको दावी छ ।

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार