होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा लैङ्गिकतामा आधारित हिंसा रोक्न सरोकारवाला निकायसंग छलफल
समाचार

बाजुरामा लैङ्गिकतामा आधारित हिंसा रोक्न सरोकारवाला निकायसंग छलफल

  • नागरिक रैबार
बाजुरामा लैङ्गिकतामा आधारित हिंसा रोक्न सरोकारवाला निकायसंग छलफल

बाजुरा। बाजुरामा लैङ्गिकतामा आधारित हिंसालाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र युएनएफपिएको आर्थिक सहयोगमा उक्त छलफल बिहिबार मार्तडीमा सम्पन्न भएको हो ।

जिल्लामा संचालन भईरहेको सुरक्षित आवास गृहमा आउने हिंसापिडित महिलाका लागि आगामी दिनमा के कसरी संचालन गर्ने भन्ने बारे जिल्लाका ९ वटै पालिकाका जनप्रतिधि र अन्य सरोकारवाला निकायसंग छलफल गरिएको जिल्ला समन्वय समिति बाजुराका समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन् ।

बाजुरामा महिला हिंसा रोकथाम तथा प्रतिकार्यमा गर्दै आएको लगानी र प्रगतिका बारेमा युएनएफपीका बाजुरा संयोजक देवेन्द्र शाहले गरेका थिए । कार्यक्रममा सहभागि भएका जनप्रतिनिधिहरुले सेभ हाउस संचालनका लागि प्रति स्थानीय तहबाट ३ लाख रकम सहयोग गर्ने प्रतिवद्धता जनाएकाे संयोजक शाहले बताएका छन् ।

विज्ञापन

जिल्लाका ९ वटै पालिकाबाट विभिन्न हिंसामा परेका महिलाहरु सुरक्षित आवाश गृह (सेभ हाउस) मा सेवा लिन आउने भएकाले पछिल्लो समय सेभहाउस संचालनका लागि समस्या हुन् थालेपछि ९ वटै स्थानीय तहबाट आर्थिक सहयोग गरिने भएको छ ।

जिल्ला समन्वय समिति बाजुरा र युएनएफपिएको सहकार्यमा संचालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यको अन्तर पालिकाको ;मन्वय बैठकमा आपतकालिन महिला सुरक्षा आवास गृह संचालन तथा व्यवस्थापन कार्य विधी माथि छलफल तथा अभिमुखीकरण,आपतकालिन महिला सुरक्षित आवास गृहको बजेट व्यवस्थापन, आपतकालिन महिला सुरक्षित गृह प्रवेशका लागि पुर्वाधार व्यवस्थानको विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले अल्पकालिन सुरक्षित महिला आवास गृह कार्य विधीमा छलफल, प्रत्येक पालिकाले यो आर्थिक वर्षमा तीन लाख दिने प्रतिवद्धता र नयाँ भवनमा प्रवेशका लागि आवश्यक पुर्वाधार सहयोग गर्ने निर्णय भएका छ ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा ९ वटै पालिकाका प्रमुख उप प्रमुख, अध्यक्ष उपाध्यक्ष र जिल्लाका सरोकारवाला निकायहरु सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार