नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्ग संचालनमा आएको छ । मंगलबार राति राजमार्ग अन्तरगत नुनेपानीमा सडक माथिबाट खसेको पहिराेले अवरुद्ध भएको थियो ।
बुधबार विहान सडकमा खसेको पहिरो सडक विभागले जेसिवि मार्फत पन्छाइएपछि उक्त सडक संचालनमा आएको हाे । जिल्लामा निरन्तर वर्षा भइरहेको छ । जसका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत विभिन्न ठाउँमा यातायात सेवा नियमित हुन् सकेकाे छैन् ।
फेसबुक प्रतिक्रियाहरु