



नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर वडामा रहेका विपन्न विद्यार्थी र परिवारलाई सहयोग गरेका छन् ।


बडीमालिका नगरपालिकाका नगर प्रवक्ता समेत रहेका पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर आज वडा कार्यालयमा ८ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो लुगा र २ जना विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।
जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा वडामा रहेका विपन्न समुदायका दुखी, पीडित गरिब, विपन्न तथा असहाय अशक्तलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त सामग्री सहयोग गरेको वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

वडा अध्यक्ष पाध्यायले वडामा विभिन्न समयमा यहाँका विपन्न समुदायलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आएका छन् । जन्मदिनको अबसरमा वडा अध्यक्ष पाध्यायले राहत स्वरुप खाद्यान्न, न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेपछि विपन्न समुदायका विद्यार्थी र परिवार खुशी भएका छन् ।



फेसबुक प्रतिक्रियाहरु