होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरियो
Breaking News

मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरियो

  • नागरिक रैबार
मार्तडीमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम गरियो

नागरिक रैबार/बाजुरा १४ कार्तिक।बाजुराको सदरमुकाम मार्तडीमा सचेतना मुलक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बडीमािलका नगर स्तरीय युवा संजाल र नगर स्तरीय बाल संजालको संयुक्त आयोजना तथा बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटी, गिफ्ट नेपालको समन्वय÷सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

शुभदिपावली २०८१ को अवसरमा बालमैत्री स्थानीय शासन आजको आवश्यकता, लैगिंक हिँसा बालश्रम अभियानमा हाम्रो भुमिका भन्ने मुल नाराका साथ सचेतनामुलक कार्यक्रम मार्तडीमा भव्यताका साथ संचालन गरिएको हो ।

कार्यक्रममा नगरपालिकाभित्रका प्रत्येक वडाका स्थानीय परम्परा झल्किने लोकसाँस्कृतिक प्रस्तुतिहरुमा प्रतिष्पर्दा समेत गराईएको छ । नगरभित्र बालवालिकामाथि हुने बालश्रम र बालविवाहलाई न्युनिकरण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्तमको आयोजना गरिएको आयोजकले बताएको छ ।

विज्ञापन

त्यस्तै कार्यक्रममा आगलागिबाट बच्ने उपाय सम्वन्धि कृतिम घटना अभ्यास कार्यक्रमकाे डेमो समेत प्रर्दशन गरिएको छ । संस्कृति संरक्षणका लागि बडीमालिका नगरपालिका ८ र ९ का महिला समूहले देउडा समेत देखाएकी छन् ।

बडीमालिका नगर स्तरीय युवा संजालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिईन् । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, बडीमािलकाका नगरप्रवक्ता धर्मराज पाध्याय, निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादु खड्का रहेका थिए ।

कार्यक्रममा बडीमालिका १ का वडा अध्यक्ष कृष्ण कार्की, २ का अध्यक्ष डम्वर बहादुर महत, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य राजेश पायल विक लगायत अतिथि रहेका थिए । खुलामंचमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन नगर स्तरीय युवा संजालका सचिव विरेन्द्र रावलले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार