होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह
Breaking News

आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह

  • नागरिक रैबार
आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, भोलि र पर्सी नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विज्ञापन

आज विशेषगरी रामेछाप, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटीलगायत आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार