होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित
देश/प्रदेश

उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

  • नागरिक रैबार
उमेर पुगी विवाह गर्ने जोडी र सासू-ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ ।

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए ।

‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न यो कार्यक्रम गरिएको वडाध्यक्ष चन्दले बताए ।कार्यक्रममा तीन नवजोडीका साथै १० जना छोरी-बुहारीलाई सम्मान गरिएको थियो ।

विज्ञापन

श्रीमान् वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरू घर छोडेर सहर बस्दा गाउँमा ज्येष्ठ सदस्यको हेरचाहमा समस्या हुन थालेपछि गाउँमै बस्न प्रेरित गर्न सम्मान गरिएको वडाध्यक्ष चन्दले बताए ।

वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सघसंस्था लगायत विभिन्न विधामा रहेर वडामा योगदान गर्नेहरुलाई पनि सम्मान गरेको छ ।

यसका साथै एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई ३ हजार नगदसहित सम्मान गरिएको छ । ‘शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट सम्मान गरेका हौं,’ वडाध्यक्ष चन्दले भने, ‘यस्ता कार्यक्रमबाट थप काममा क्रियाशीलता र जनचेतना हुन्छ भन्ने अपेक्षा छ ।’ अनलाइनखबरबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै