होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खाना
  • मार्तडी बजारमा पानीपुरी र चट्पटे खाँदा १२ जना विरामी
खाना

मार्तडी बजारमा पानीपुरी र चट्पटे खाँदा १२ जना विरामी

  • नागरिक रैबार
मार्तडी बजारमा पानीपुरी र चट्पटे खाँदा १२ जना विरामी

नागरिक रैबार/बाजुरा १४ साउन।बाजुरामा पानीपुरी र चट्पटे खाँदा एकै पटक १२ जना विरामी परेका छन् । बडीमालिका नगरपालिका–९ को नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पसलमा पानीपुरी र चट्पटे खाएका १२ जना बिरामी भएका हुन् । पानीपुरी र चट्पटे खाएपछि विरामी भएकाहरुको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ ।

एकैपटक बिरामी भएका सबैजनामा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, पेट दुख्ने लक्षण देखा परेको जिल्ला अस्पतालका चिकित्सकहरुले बताएका छन् । अस्पतालका अनुसार शनिबार, आइतबार र सोमबार अस्पतालमा उपचार गराउन आउने मध्येका केहीले पानीपुरी खाएको, कसैले सोही पसलमा चटपटे खाएपछि यस्तो लक्षण देखा परेको बताएको चिकित्सकको भनाई छ ।
पानीपुरी र चट्पटे खाएर बिरामी परेको खबर पाएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले खातुनको पसलबाट पानीपुरी र चटपटे बनाउन प्रयोग गरिने सबै सामानहरु बरामद गरेको छ ।

पानीपुरी र चट्पटेलाई वरामत गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगडीमा ल्याव परिक्षणका लागि पठाइएको र ल्याव टेस्ट पछि आवश्यक कानुन बमोजिम कारबाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार