होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विद्यालयको गुणस्तर सुधार्न २ वटा विद्यालय एउटैमा मर्ज गरियो
Breaking News

विद्यालयको गुणस्तर सुधार्न २ वटा विद्यालय एउटैमा मर्ज गरियो

  • नागरिक रैबार
विद्यालयको गुणस्तर सुधार्न २ वटा विद्यालय एउटैमा मर्ज गरियो

नागरिक रैबार/बाजुरा १३ साउन। बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न २ वटा विद्यालयलाई एउटै विद्यालयसंग मर्ज (समायोजन) गरेको छ ।

बडीमालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुको गुणस्तर सुधार्न विद्यालयहरुलाई मर्ज गर्ने निति अनुरुप वडा नम्वर ३ मा रहेको खाति भिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरेको हो ।

बडीमालिका–३ सेरगाउँमा रहेको खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट माविमा मर्ज (समायोजन) गर्न २ वटै विद्यालयका समुदाय र शिक्षकहरु समेत सहमत भएपछि शुक्रबार एक औपचारिक कार्यक्रमका विच खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट माविमा मर्ज (समायोजन) गरिएको हो ।

विज्ञापन

May be an image of 7 people, people studying and table

सामुदायिक विद्यालयमा शैक्षिक निति अनुसारको जनशक्ति अभाव, भौतिक संरचनाको अभाव, विद्यालयमा विद्यार्थीहरुको कमी हुनुले सामुदायीक विध्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न समस्या हुँदै आएको थियो ।

एउटै गाउँमा २ वटा आधारभुत र मावि विद्यालय संचालन गर्न समुदायलाई समस्या भएपछि श्री खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरिएको अभिभावकहरुले बताएका छन् ।

May be an image of 6 people, people smiling and temple

विद्यालय मर्ज (समायोजनपछि) अव खातिभिटा आधारभुत विद्यालयमा अव इसिडि कक्षा मात्र संचालन हुने भएको छ । भने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु चोयाकोट माविमा अध्ययन गर्ने भएका छन् ।

वि.स. २०४५ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४ जना शिक्षकहरुले पठनपाठन गराउँदै आएका थिए ।

May be an image of 4 people and wedding

बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्र कम विध्यार्थी भएका विध्यालय समायोजन, तह घटुवा गर्ने नीती अनुरूप शुक्रबार श्री खातिभिटा आधारभुत विध्यालयलाई औपचारिक रूपमा चोयाकोट माविमा मर्ज (समायोजन) गरिएको चोयाकोट माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताएका छन् ।

विद्यालय समायोजनको अवसर पारेर चोयाकोट मावि परिसर वरिपरि वृक्षारोपण र आगामी दिनमा शैक्षिक सुधारका लागि अविभावकहरूवाट सुझाव संकलन गर्ने काम समेत गरिएको अध्यक्ष खड्काले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार