होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • व्यवसायी खड्काको निधनप्रति बाजुरा उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त
बडीमालिका

व्यवसायी खड्काको निधनप्रति बाजुरा उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त

मार्तडी बजार भोलि एकदिनका लागि बन्द गरिने

  • नागरिक रैबार
व्यवसायी खड्काको निधनप्रति बाजुरा उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त

नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ ।

सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ ।

डोटी जिल्ला सिलगढी नगरपालिका घर भई विगत १२ वर्ष लामो समयदेखी मार्तडी बजारमा व्यवसाय गर्दै आएका बर्षा जनरल स्टोरका ५१ वर्षिया खड्काको शनिबार राति ह्दयघातका कारण निधन भएको थियो ।

विज्ञापन

खड्काको निधनप्रति दुःख व्यक्त गर्दै बाजुरा उद्योग वाणिज्य संघले भोली १४ गते बिहान १ बजे मार्तडी दुनिहाट बजारमा श्रद्धाञ्जली सभा समेत गर्ने भएको छ । साथै भोली एक दिन सम्पूर्ण बजार समेत बन्द गर्ने उद्योग वाणिज्य संघका कोषाध्यक्ष हंसबहादुर सिंहले बताएका छन् ।

डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार (हिजो) राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको थियो ।

लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार राति जिल्ला अस्पताल बाजुरामा उपचारका लागि लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचार हुन् नसकेपछि धनगढी लिदै गर्दा डोटी जिल्ला अस्पतालमा ह्दयघातका कारण निधन भएको हो ।

१२ वर्षदेखि मार्तडीको दुनिहाटबजारमा वर्षा जनरल स्टोर पसल संचालन गर्दै आएका खड्का बजार भरिकै सफल व्यवसायीका रुपमा परिचित रहेका थिए । उनको असामयिक निधनपछि परिवार, शुभचिन्तकहरुले विभिन्न माद्यम मार्फत गहिरो दुख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार