होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी कार्य जारी
देश/प्रदेश

गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी कार्य जारी

  • नागरिक रैबार
गोरखा पहिरो अपडेट : घाइतेको हेलिकप्टरबाट उद्धार, बेपत्ताको खोजी कार्य जारी

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए ।

विज्ञापन

‘हाम्रो टोली र स्थानीय मिलेर खोजी कार्य भइरहेको थियो,’ उनले भने, ‘अहिले नेपाली सेनाको टोलि पनि घटनास्थल पुगिसकेको छ ।’ जेसिभी प्रयोग गरेर वेपत्ताहरुको खोजि कार्य भइरहेको उनले जानकारी गराए ।

आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरोले जीतबहादुरको कृषि फर्म र एक घर पनि बगाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार