होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन
Breaking News

मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन

  • नागरिक रैबार
मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन

नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको  हो ।

लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार राति जिल्ला अस्पताल बाजुरामा उपचारका लागि लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचार हुन् नसकेपछि धनगढी रिफर गरिएको थियो । खड्कालाई बाजुराबाट उपचारका लागि धनगढी लिदै गर्दा डोटी जिल्ला अस्पतालमा निधन भएको बुझिएको छ ।

१२ वर्षदेखि मार्तडीको दुनिहाटबजारमा वर्षा जनरल स्टोर पसल संचालन गर्दै आएका खड्का बजार भरिकै सफल व्यवसायीका रुपमा परिचित रहेका थिए । उनको असामयिक निधनपछि परिवार, शुभचिन्तकहरुले विभिन्न माद्यम मार्फत गहिरो दुख व्यक्त गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार