होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजारलाई उज्यालो बनाउन सडक बत्ति जडान गरिदै
समाचार

मार्तडी बजारलाई उज्यालो बनाउन सडक बत्ति जडान गरिदै

  • नागरिक रैबार
मार्तडी बजारलाई उज्यालो बनाउन सडक बत्ति जडान गरिदै

नागरिक रैबार/बाजुरा १४ असार। बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ ।

बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न थालेको हो ।

बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरेर पहिलो पटक ६० वटा विद्युत प्राधिकरणका पोलहरुमा सडक बत्ति जडान गर्ने कामको सूरुवात गरिएको नगरप्रमुख अमर खड्काले बताएका छन् ।

विज्ञापन

नगरप्रमुख खड्काका अनुसार रातिको समयमा मार्तडी बजारलाई उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरणको विद्युत सेवा पुगेका सार्वजनिक ठाउँहरुमा पहिलो पटक ६० वटा सडक बत्ति जडान गर्ने काम सूरुवात गरिएको हो । बजार भित्रका ६० वटा ठाउँमा जडान गरिएका सडक बत्तिबाट खपत भएको युनिट अनुसारको रकम विद्युत प्राधिकरणलाई नगरपालिकाले भुक्तानि गर्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै