होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सामुदायिक वनका उपभोक्ता समूहसंग १ दिने अन्तरक्रिया गोष्ठी
Breaking News

सामुदायिक वनका उपभोक्ता समूहसंग १ दिने अन्तरक्रिया गोष्ठी

  • नागरिक रैबार
सामुदायिक वनका उपभोक्ता समूहसंग १ दिने अन्तरक्रिया गोष्ठी

नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा स्तरीय सामुदायिक वन उपभोक्ता समूहका लागि एक दिने अन्तरक्रिया गोठी सम्पन्न भएको छ ।

बडीमािलका नगरपालिका वडा नम्वर २ को आयोजना र डिभिजन वन कार्यालय बाजुरासंगको सहकार्यमा वडा स्तरीय सामुदायिक वनका उपभोक्ताहरुका लागि एकदिने अन्तरक्रिया गोष्ठी सम्पनन गरिएको हो ।

वडामा रहेका सामुदायिक वनहरुको संरक्षण र वनका उपभोक्ताहरुलाई वनका बारेमा जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डम्वरबहादुर महतले बताएका छन् ।

विज्ञापन

वडा कार्यालयको आयोजनामा जुगाडा स्वास्थ्य चौकीको तालिमहलमा संचालन गरिएको उक्त कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत भोजराज पाठकले गरेका थिए ।

कार्यक्रममा सहभागि सामुदायिक वन समूहका उपभोक्तालाई वन ऐन, वन निति, सामुदायिक वनको महत्व लगायतका विषयमा डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पाठकले जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागि उपभोक्ताहरुले सामुदायिक वनको संरक्षण गर्न समुदाय स्तरबाट लागि पर्ने बताएका थिए ।

२ नम्वर वडा कार्यालयका वडा सचिव विरबहादुर चंदाराले संचालन गरेको कार्यक्रमको अध्यक्षता वडा सदस्य मानबहादुर नेपाली रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपालिकाकी कार्यपालिका सदस्य धना विष्ट, डिभिजिन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत भोजराज पाठक, वडाका वडा सदस्यहरु, सामुदायिक वनका पदाधिकारी उपभोक्ता लगायत सहभागि भएका थिए ।

साथै साेहि दिन २ नम्बर वडाकाे समन्वयमा डिभिजन वन कार्यालयकाे प्राविधिक सहयाेगमा वडा कार्यालय, जुगाडा स्वास्थ्य केन्द्र र सत्यवादी माविकाे प्राङ्गणमा विभिन्न प्रजातिका विरूवाहरू समेत वृक्षारोपण गरिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै