नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराको बुढीनन्दा नगरपालिकाका सवै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन हुने साझेदारी हस्ताक्षर गरिएको छ ।
बुधबार नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहरा र स्मार्ट हेल्थ कार्यक्रमका सिनियर प्रवन्धक दिपिका खत्री विच साझेदारी गर्नका लागि पत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिकाका स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम संचालन गर्नका लागि संस्था र नगरपालिकाविच साझेदारी गर्नका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको नगरपालिकाका नगरप्रमुख बोहराले बताएका छन् ।
नगर पालिका भित्रका १० वटा वडाका १५ बढी स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ कार्यक्रम लागु गरिने भएको छ । स्मार्ट हेल्थ कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा डिजिटलाईजेशन प्रविधिबाट उपचार सेवा लिन आउने नागरिकहरुलाई सहज हुने नगरप्रमुख बोहराको भनाई छ ।
नगरपालिकामा सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँच पुर्याउन र गुणस्तरीय सेवा प्रवाह गर्नका लागि नगरपालिकाको पहलमा पालिका भित्र रहेका स्वास्थ्य संस्थामा सो सेवा संचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाहले बताएका छन् ।
नगरपालिका भित्रका स्वास्थ्य उपचार नपाएर तड्पिएका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिककतामा राख्ने गरी यो परियोजना लागु गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु