होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दाका असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत वितरण
Breaking News

बुढीनन्दाका असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत वितरण

  • नागरिक रैबार
बुढीनन्दाका असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत वितरण

नागरिक रैबार। बाजुराको बुढीनन्दा नगरपालिकाले वडा नम्बर ४ का असिनापानीबाट प्रभावित घरपरिवारलाई राहत बितरण गरेको छ ।  २०८१ बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले सो वडाको घोडाकोटका स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षति पुर्याएको थियो ।

असिनापानीबाट प्रभावित बनेका घरपरिवारलाई एक औपचारिक कार्यक्रमका बिच राहत बितरण गरिएको हो। असिना पानीबाट प्रभावित स्थानीय किसानहरुलाई थोरै भएता पनि राहत मिलोस् भन्ने उदश्येका साथ उक्त राहत बितरण गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराले जानकारी दिएका छन् ।

असिना पानीबाट प्रभावित भएका ढाडाकोटका करिब ११९ घरपरिवारलाई आज बिहिबार एक कार्यक्रमका बिच प्रती घर ५० केजीका दरले खाद्यान्न चामल बितरण गरिएको  नगर प्रमुख  बोहराले बताएका छन्। नगरप्रमुख बोहराका अनुसार असिना पानीबाट प्रभावित २४ वटा घर बनाउको लागी पचास हजारका दरले रकम दिइएको छ । पालिका भित्र विभिन्न विपद्बाट प्रभावित बनेका परिवारलाई पालिकाले सक्दो सहयोग गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।

विज्ञापन

पाकेको गहुँ,जौ तथा अन्य फलफुल खेती र घरमा असिनाले पानीले ठुलो क्षती गरेको थियो । बर्खाभरी मिहिनेत गरेर लगाएको अन्नबाली असिनापानीले सखाप बनाउँदा स्थानीय चिन्तित थिए ।  असिना पानीबाट प्रभावित भएका स्थानीयले केही समय ढिला भए पनि राहत पाँउदा खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार