होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
देश/प्रदेश

विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

  • नागरिक रैबार
विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले विमान दुर्घटना भएको शोकमा  भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्सीय समिति पनि गठन गरेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार उक्त समितिले सौर्य एअरको दुर्घटनाको सम्बनधमा विस्तृत जाँच गरी दुर्घटनाको कराण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेश गर्नुपर्नेछ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा बनेको समितिमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्रध्यापक डा. सुदीप भट्टराई, श्री एअरलाइन्सका सञ्जय अधिकारी सदस्य छन् भने एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार