होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा कारागारमा कैदीबन्दी भेट्न गएका २ जना चरेससहित पक्राउ
बाजुरा बिशेष

बाजुरा कारागारमा कैदीबन्दी भेट्न गएका २ जना चरेससहित पक्राउ

  • नागरिक रैबार
बाजुरा कारागारमा कैदीबन्दी भेट्न गएका २ जना चरेससहित पक्राउ

बाजुरामा कैदीबन्दी भेट्न गएका २ जनालाई प्रहरीले चरेशसहित पक्राउ गरेको छ । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न गएका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो।

चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार