



काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको जागरण सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। काम विशेषले घर बाहिर निस्किएकाहरू जाममा परेका छन्।


अहिले काठमाडौंको मुख्य सडक न्युरोड,सहिदगेट,सुन्धारा,जमल भृकुटीमण्ड,भद्रकाली,बानेश्वर,माइतीघरलगायत क्षेत्रमा अत्यधिक जाम बढेको छ। एमालेले आज दरवारमार्गमा जागरण सभा गर्दैछ। जागरण सभाका लागि भद्रकालीबाट निकालिएको र्याली दरवारमार्गमा पुगेर सभामा परिणत हुने।
सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
एमालेको काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनमा आज काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो। यसअघि जागरणसभा भृकुटीमण्डमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो।
एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुने बताए। उनले नेपाली समाजमा फैलाइएको सामाजिक अराजकतालाई चिर्न कार्यक्रम आयोजना गरिएको बताए। निरौलाले एमाले माथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने दावी गरे।
उनका अनुसार र्याली सुन्धारा,वीर अस्पताल,रत्नपार्क घण्टाघरहुँदै दरबामार्गमा पुग्नेछ। नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने, राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानका लागि जागरण सभा गरिएको एमालेले जनाएको छ।
नेकपा एमालेको जागरण सभामा १ लाख नागरिक उत्राने दावी गरेको छ।



फेसबुक प्रतिक्रियाहरु