काठमाडौँ — सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको २१औं दिनमा पनि उत्तिकै चर्चामा छ । फिल्मको व्यापार र प्राप्त सोले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको छ ।
फिल्मले सुरुवाती दिनमा अपेक्षित सो नपाए पनि हलहरूमा दर्शक अचानक बढ्न थालेपछि सो संख्या थपिँदै गएको थियो ।
गत आइतबारसम्मको तथ्यांक अनुसार फिल्मले देशभरबाट ३६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । निर्माता विनोद पौडेलका अनुसार आइतबारयताका तथ्यांक आगामी सोमबारमात्र सार्वजनिक गरिनेछ । नेपालमा मात्र नभई विदेशमा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।
मंगलबारसम्मको तथ्यांक अनुसार अमेरिकामा मात्र फिल्मले ५ लाख डलरको व्यापार गरेको छ । त्यसैगरी अस्ट्रेलिया र न्युजिल्यान्डमा ८ लाख ५० हजार डलरको व्यापार गरेको छ । बाँकी देशहरूको पछिल्लो तथ्यांक भने सार्वजनिक हुन बाँकी नै छ ।
फेसबुक प्रतिक्रियाहरु