नागरिक रैबार/बाजुरा ५ पुस। नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले राष्ट्रिय प्रशारण लाइन अन्तरगतको विद्युत सेवा उपभोग गरिरहेका र लामो समय देखि विजुलीको विल नतिरेका सेवा ग्राहीहरुको लाइन काट्ने भएको छ ।
बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै समयमै विद्युत महशुल भुक्तानी नगर्ने सेवाग्राहीहरुको लाइन काटने चेतावनी दिएको हो ।
बाजुरा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार मिटर रिडिङ्ग गरेको ६० दिनसम्म पनि महशुल भुक्तानी नगरेका सरकारी तथा गैरसरकारी संस्था सहित सेवाग्राहीको लाइन काट्ने चेतावनी दिएको हो ।
वितरण केन्द्रले सूचना मार्फत जिल्लामा समयमै महशुल भुक्तान नगरेका सेवाग्राहीलाई तत्काल महशुल भक्तानी गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणको विनियमावली अनुसार पौष २ गते देखि २९ गतेसम्म अभियानका रुपमा विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुको विद्युत लाइन काट्ने कार्य भइरहेको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको लाइन बाजुराको बडीमालिका, बुढीगगा नगरपालिका १,२, ३ र खप्तड क्षेडेदह गाउँपालिकाका विभिन्न वडामा जडान गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु