नागरिक रैबार/बाजुरा ५ मंसिर। साँफे मार्तडी राजमार्ग अन्तरगत जडाङ्गामा विगत ३ वर्षदेखि थन्किएको बेलिवृज अन्तत: बुढीनन्दा नगरपालिकाको कोल्टीको दानसाँगु खोलामा सारिने भएको छ ।
बेलिवृज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले बेलिवृज जडान गर्ने गरी सर्भेकाे काम सम्पन्न गरेकाे हाे ।
मार्तडीदेखि कोल्टी सडकमा नियमित सवारी साधान चल्न लागेको एकदशक पुग्न लागेको छ । हिउँदको समयमा नियमित कोल्टीसम्म यातायात संचालन भएपनि वर्षातका ४ महिना दानसाँगु खोलामा पुल नहुँदा सवारी साधानहरु संचालनमा कठिनाइ हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको उक्त बेलिब्रिज पुललाई दानसाँगु खोलामा जडान गर्ने गरी पुल निर्माणका लागि सर्भे गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन ।
दानसाँगु खोलामा बेलिवृज जडानका लागि सर्भेको काम सम्पन्न भएको छ नगरप्रमुख बोहराले भने, यो वर्षभित्र जडान गर्ने गरि काम अगाडि बढाउने योजना छ ।
२०७७ सालको बाढीका कारण बेलिवृज बगाएपछि फेरी अर्को बेलिवृज जडान गरिएको थियो । बुढीगंगा नदिमा पक्की पुल निर्माण भएपछि बेलिवृज प्रयोग विहिन बनेको छ ।
दानसाँघु खाेलामा बेलिब्रिज पुल निर्माण सम्पन्न भएपछि पुर्विउत्तरी क्षेत्रका ४ स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाइ समेत सहज हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु