होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • गौमुलमा निर्माण गरिएका २ वटा झोलुङगे पुल उद्धघाट्न
गौमुल

गौमुलमा निर्माण गरिएका २ वटा झोलुङगे पुल उद्धघाट्न

  • नागरिक रैबार
गौमुलमा निर्माण गरिएका २ वटा झोलुङगे पुल उद्धघाट्न

नागरिक रैबार/बाजुरा ४ पुस । बाजुराको गौमुल गाउँपालिका वडा नम्वर २ मल्लोदुगनमा निर्माण गरिएका २ वटा झोलुङगे पुलको एकसाथ उद्धघा गरिएको छ ।

कादुरी एग्रीकल्चर एण्ड एसोसिएशन वृटिस गोर्खाज नेपालको लगानीमा निर्माण गरिएका बुढीगंगा खोला (दोगाडे) र नाउलीगाड झोलुङ्गे पुलकोे उद्धघाट्न गरिएको हो ।

विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि १ र २ नम्वर वडामा जोड्ने गरी निर्माण गरिएका २ वटै झोलुङ्गे पुलको नेपाल सरकार रक्षा मन्त्रालयका रक्षा सचिव रामेश्व्र दंगालले उद्धघाटन् गरेको २ नम्वर वडाका अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।

विज्ञापन

May be an image of 10 people, flute and text

१ र २ नम्बर वडामा जोड्ने २ वटै पुल करिव १ करोड ८७ लाखको लागत र स्थानीयको श्रमदानमा निर्माण गरिएका थिए ।
त्यस्तै आज नै वडा नम्वर १ को अन्द्राडीमा रहेको अन्द्राडी लघु जलविद्युतको रक्षा सचिव रामेश्वर दंगालले निरीक्षण समेत गरेका छन् ।

गौमुलको विकट वडामा निर्माण गरिएका २ वटा पुलको उद्धघाटन् र अन्द्राडीको लघु जलविद्युतको निरिक्षणका लागि रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, सहसचिव ज्ञान प्रसाद ढकाल, कादुरी एग्रीकल्चर एड एसोशियसन संस्थाका कमाण्डर कणर्ेल डेनरेक्स, कणर्ेल एन्ड्रियु मिल्ज र प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ सहित सिम्रिक एयरको हेलिकप्टरमा गौमुलमा पुगेका थिए ।

May be an image of 11 people and helicopterMay be an image of 11 people and helicopter

कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, १ र २ नम्बर वडाका जनप्रतिनिधिहरुहरुले रुक्षा सचिव लगायतको टोलीलाई भव्य रुपमा स्वागत गरेका थिए । कादुरी एग्रीकल्चर एड एसोशियसन वृटिस गोर्खाज नेपालको लगानीमा पुलहरु निर्माण गरिएपछि वडा नम्वर १ र २ का नागरिकहरुको आउजाउमा सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार