होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • १२ जिल्लामा सिडिओ हेरफेर, बाजुरामा मेघनाथ पाध्या आउने
Breaking News

१२ जिल्लामा सिडिओ हेरफेर, बाजुरामा मेघनाथ पाध्या आउने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१२ जिल्लामा सिडिओ हेरफेर, बाजुरामा मेघनाथ पाध्या आउने

नागरिक रैबा। गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो। गृहले बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई सरुवा गरेर मेघनाथ पाध्यालाई पठाउने भएको छ । बाजुराका सिडियो भिमकान्त पौडेललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

त्यस्तै रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल र जुम्लामा रामबहादुर शाहीलाई सरुवा गरेको हो।

त्यस्तै तुल्सी प्रसाद दाहालाई गृह मन्त्रालय, विश्वमणि कुइकेललाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, विनोदकुमार पोखरेललाई मोरङ प्रशासन कार्यालय, टोपेन्द्र बहादुर केसीलाई सुर्खेत प्रशासन कार्यालय, माधवप्रसाद शर्मालाई गृह मन्त्रालय, खिमराज भुसाललाई गृह मन्त्रालय, सुवास कुमार लामिछानेलाई गोरखा प्रशासन, जनकराज पन्तलाई गृह मन्त्रालय, बेदनिधि खनाललाई ओखलढुंगा प्रशासन, घनश्याम न्यौपानेलाई कपिलवस्तु प्रशासन, खडानन्द खत्रीलाई बाँके प्रशासन, सानुबाबु खत्रीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, जितबहादुर भण्डारीलाई तनहुँ प्रशासन, पूर्णबहादुर खत्रीलाई डिल्ली बजार कारागार, टेककुमार रेग्मीलाई कारागार व्यवस्थापन विभाग, कमलराज भण्डारीलाई गृह मन्त्रालय, लालबहादुर गुरुङलाई खर्घाखाँची प्रशासन, सुमनकुमार कार्कीलाई पर्सा प्रशासन, बन्दना केसीलाई जाजरकोट प्रशासन, धोकलराज ढकाललाई मकवानपुर प्रशासन, लोकमान श्रेष्ठलाई सुनसरी प्रशासन, नवराज पौडेललाई काठमाडौं प्रशासन र ज्ञाननाथ ढकाललाई सल्यान प्रशासन सरुवा गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै