होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराकी रमिलाको उपचारका लागि भारतबाट आर्थिक सहयोग
Breaking News

बाजुराकी रमिलाको उपचारका लागि भारतबाट आर्थिक सहयोग

  • नागरिक रैबार
बाजुराकी रमिलाको उपचारका लागि भारतबाट आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा ३ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि भारतबाट आर्थिक सहयोग गरिएको छ ।

रमिलाको उपचारका लागि बाजुराको बडीमालिका नगरपालिका ५ मना घर भई हाल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्र मुलुण्ड निवासी दलित समुदायबाट संकलित २८ हजार सहयोग गरेका हुन् ।

रमिलाको उपचारमा थप सहयोग होस् भन्ने उद्देश्यले हामी र हाम्रो समुदायका भारतमा बस्दै आएका दलित समुदायबाट सहयोग गरिएको पुस्प मिजारले बताएका छन् । दलित समुदायले यस अघि आर्थिक अभाव भएका बाजुरा देखि भारतमा गएका धेरैलाई सहयोग गरी सकेको छ ।

विज्ञापन

गृह जिल्ला बाजुराको बडीमालिकाकी रमिलाको आर्थिक अभावका कारण उपचार हुन् नसकेको थाहा पाएपछि उनको उपचारमा सहज होस भन्ने उद्देश्यले भारतमा बस्ने दलित समुदायबाट आर्थिक संकलन गरि रमिलाको उपचारमा सहयोग गरेको मिजारले बताएका छन् ।

रोजगारीको सिलसिलामा भारतमा भएपनि दलित समुदायले दाजुभाईले समाजमा रहेका विपन्न, असहाय दुखिः गरिव अशक्तलाई सहयोग गर्दै आएका छन् । भारतबाट रमिलाको उपचारमा दलित समुदायले गरेको सहयोगले श्रीमति रमिलाको मृगौलाको उपचारमा सहयोग पुग्ने रमिलाका श्रीमान प्रकाश विकले बताएका छन् ।

रमिलाको मृगौलामा समस्या भई विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी छन् । रमिलाको घरको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनको उपचारका लागि देश भित्र र देशबाहिरबाट आर्थिक सहयोग जुटिरहेको छ ।

२ वर्षदेखि श्रीमति रमिलाको मृगौलाको उपचार गराईरहेका श्रीमान प्रकास विकसंग उनको उपचार गर्न खर्च जुटाउन र दैनिक परिवारको छाक टार्न समेत आर्थिक अभाव अभाव भएको छ । प्रकाशसंगै उनका एक छोरा र एक छोरी पनि रमिलासंगै रहेका छन् । रमिलाको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । रमिलाको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलासिस भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार