होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा आजबाट अनन्ते मेला लाग्ने
Breaking News

मार्तडीमा आजबाट अनन्ते मेला लाग्ने

  • नागरिक रैबार
मार्तडीमा आजबाट अनन्ते मेला लाग्ने

नागरिक रैबार । बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट विधिवत रूपमा अनन्ते मेला सुरु हुने भएकाे छ ।

बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज  २ अर्थात  आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैकाे अनन्त्या गणामा  लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।

जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताउने गरेका छन् ।

विज्ञापन

यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै