होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • विनोद बाजुरालीको ‘हियारै’ समिश्रण लोक गीत सार्वजनिक (भिडियोसहित)
मनोरञ्जन

विनोद बाजुरालीको ‘हियारै’ समिश्रण लोक गीत सार्वजनिक (भिडियोसहित)

  • नागरिक रैबार
विनोद बाजुरालीको ‘हियारै’ समिश्रण लोक गीत सार्वजनिक (भिडियोसहित)

नागरिक रैबार बाजुरा २ असोज। चर्चित संगितकार, सर्जक तथा गायक विनोद बाजुरालीको स्वरमा ‘हियार’ नामक नयाँ शैलिको समिश्रण लोक गीत सार्वजनिक भएको छ ।

विनोद बाजुरालीकै स्वर, शव्द, संगित र एरेन्ज रहेको उक्त गीतमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परिवारको स्वर रहेको छ । शुभारम्भ डिजिटल म्युजिक प्रालिद्धारा बजारमा आएको उक्त गीत नयाँ शैलिको नेपाली लोक समिश्रण गीत बनेको गायक विनोद बाजुरालीले बताएका छन् ।

बाजुरालीले यो वर्षलाई नयाँ सिर्जनाको वर्षका रुपमा लिएर अघि बढीरहेका बताएका छन् । उनको स्वरमा यो वर्षको पहिलो आफ्नै सृजनामा यो नयाँ शैलिकाे समिश्रण  लोकगीत हियारै बजारमा ल्याएका हुन् । बाजुरालीका अनुसार उनले यो वर्ष आफ्नै धर्मपत्नि अनिशा बाजुरालीसंगको सहकार्यमा नयाँ गित बजारमा ल्याउने भएका छन् भने त्यस्तै लक्ष्मी नेपाली, पशुपति ताम्राकार र बाटो लामु राराको टिमसंग सहकार्य गरेर नयाँ गित बजारमा ल्याउने जानकारी दिएका छन् ।

विज्ञापन

२ दशक देखि नेपाली लोक संगितमा जमिरहेका बाजुरालीले प्रत्येक वर्ष श्रोता दर्शकहरुलाई आफ्नो फरक स्वादका देउडा तथा लोकदोहोरी गीतका सृजना पस्किरहेका छन् ।

May be an image of 3 people, people smiling and text

गायक तथा संगीतकार बाजुरालीकै एरेन्जमा तयार भएको सो गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । त्यस्तै भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । भिडियोमा देवेन्द्र बव्लु र जुना विश्वकर्माका मुख्य अभिनय रहेको छ ।

स्टुडियो मालश्रीमा रेकर्ड गरिएको उक्त गीतको अडियो सम्पादन राजेन्द्र बाजुरालीले गरेका छन् । विनोद बाजुरालीको स्वरमा नेपाली लोकसंगितमा फरक खालको लोकसमिश्रण लोक गित बजारमा आएपछि गीत सुन्ने र हेर्ने दर्शकश्रोताहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।

गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै