नागरिक रैबार बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुढाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गराउँदै बुढाले गाउँपालिकाको समग्र विकासमा लागि एमालेबाट उम्मेदवारी दर्ता गराएको बताईन् । उनले अवको बाँकी कार्यकालमा स्वामीकार्तिक खापर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दावि समेत गरेकी छन् ।
०७९ को निर्वाचनमा झिनो मतान्तरले नेपाली काँग्रेसकी मैनादेवि जोशी संग पराजित बनेकी बुढालाई एमालेले पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।
बुढाको उम्मेदवारी दर्ता गर्न एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, प्रकाश शाह, सहदेव बोगटी, दयालबहादुर शाही, जिल्ला अध्यक्ष लालबहादुर वली लगायत हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको मनोनयन दर्ता कार्यक्रमको तालिका अनुसार पहिलो उम्मेदवारी दर्ताको समय एमालेलाई दिएको थियो भने यसपछि क्रमस दाेस्राेमा राप्रपाका उम्मेद्धवार सुना देवी थापा भाेटे धामीकाे रहेकाे छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी मैना जोशीको गत माघ महिनामा निधन भएपछि यहाँ मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।
फेसबुक प्रतिक्रियाहरु