होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ४७ वर्षपछि अमेरिकी नागरिक जुगाडाको भाैनेरा गाउँमा पुग्दा……
समाज

४७ वर्षपछि अमेरिकी नागरिक जुगाडाको भाैनेरा गाउँमा पुग्दा……

  • नागरिक रैबार
४७ वर्षपछि अमेरिकी नागरिक जुगाडाको भाैनेरा गाउँमा पुग्दा……

नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् ।

२०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा सहित भौनेराबासीलाई भेटघाट गर्न पुगेका हुन ।

No description available.

विज्ञापन

४७ वर्ष पछि गाउँमा आएका जिम्मेरीको परिवारलाई जुगाडाबासीले बाजागाजासहित सम्मान समेत गरेका छन । पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मरी ओरेल्ली आजभन्दा ४७ बर्ष पहिले साबिकको जुगाडा गाबिसको भौनेरामा पुल निर्माणका क्रममा इज्जिनियरको रुपमा बसेका थिए ।

जिम्मेरीले भौनेराको स्मरण गर्दै आफुले बनाएको पुलको अवस्था र पुराना मान्छेसंगको भेटघाट गर्ने उदेश्यले अमेरिकाबाट नेपाल आएको बताएका छन् । ४७ वर्षपछि भौनेरामा पुगेका जिम्मेरीले भावुक समेत बनेका थिए ।आफुले काम गरेको स्थान छोराहरुले पनि देखुन र सोही ठाउँमा छोराहरुको पनि केही सहयोग होस भन्ने उदेस्यका साथ छोराहरुलाई समेत आफुसंगै ल्याएर भौनेरामा आएको उनले बताएका छन् ।

May be an image of 14 people

ईन्जिनियर हुदाँ भौनेराको पुलमा काम गरेकाले यहाँको पुल निर्माणका क्रममा सहयोग गर्ने स्थानीय बासीहरुसंग भेटघाट गर्ने उद्देश्यले जिम्मेरी भौनेरामा आएको बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतले बताएका छन् ।जिम्मेरीले भौनेराबासीलाई मध्येनजर गर्दै पुल निर्माण्मा गरेको सहयोग कहिल्यै नभुल्ने बताएका छन् । अझैपनि जिम्मेरीसंगै उनका छोराहरुले सत्यवादी माविका लागि सहयोग गराउने योजना रहेको वडा अध्यक्ष महतको भनाइ छ ।

No photo description available.

बडीमालिका नगरपालिका २ नम्मर वडा कार्यालयको आयोजनामा पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्लीको परिवारलाई भब्यताका साथ स्वागत तथा पुर्नमिलन कार्यक्रमको आयोजना समेत गरिएको छ ।बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महतको अध्यक्षतामा सचांलन भएको कार्यक्रमका प्रमुख अतिथि अमेरीकी नागरिक पर्यटनउद्यमी तथा ईन्जिीनियर जिम्मेरी ओरेल्ली रहेका थिए ।

कार्यक्रममा बिषिष्ठ अतिथी नेपाल स्काउटका सुदुरपश्चिम आयुक्त नरेन्द्र थापा, होटल तथा पर्यटन ब्यवासायी जनेश भण्डारी र अमेरीकी नागरिक जिम्मेरी ओरेल्लीका छोराहरु बिरेन ओरेल्ली र सिन ओरेल्ली रहेका थिए । कार्यक्रममा जिम्मेरी परिवारका लागि स्थानिय भुवाचाली, देउडा, अनन्ते लगायतका स्थानीय परम्परा प्रर्दशन गरेर स्वागत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार