होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’
समाचार

संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’

  • नागरिक रैबार
संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’

काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष ठहरिएका छन् । संसदीय छानबिन विशेष समितिले अन्तिम रूप दिएर हस्ताक्षर गरेको प्रतिवेदनमा रवि लामिछानेलाई कारबाहीको कुनै सिफारिस नगरेको समितिका सदस्य एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिए ।

सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्ने विषयमा रवि लामिछानेमाथि लागेको आरोपमा उहाँ निर्दोष हुनुहुन्छ । अन्तिम रूप दिइएको प्रतिवेदनमा उहाँलाई कारबाहीको कुनै सिफारिस भएको छैन् ’ सदस्य खनालले पत्रकारहरूसँग भने,‘ उहाँले यो आरोपमा सफाइ पाउनु भयो । ’

खनालका अनुसार सहकारीको रकम गोरखा मिडियामा सहकारी सञ्चालकहरुबाटै ल्याइएका कारण उहाँहरु भने सो प्रकरणमा दोषी देखिनु भएको छ । समितिको प्रतिवेदनमा गोरखा मिडियामा आएको रकमको परिचालनमा मात्रै रवि लामिछाने सञ्चालकको भूमिकामा रहँदा संलग्न रहेको खनालले बताए । समितिले देशभरका ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर गरेको समेत उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार