होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न, अध्यक्षमा विसी
Breaking News

राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न, अध्यक्षमा विसी

  • नागरिक रैबार
राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न, अध्यक्षमा विसी

नागरिक रैबार/बाजुरा ३० भदाै । राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन आइताबार सम्पन्न  भएकाे छ । राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदनवि क काे अध्यक्षतामा अधिवेशन सुरु भएकाे अधिबेशनबाट नयाँ नेतृत्व  चयन भएकाे छ ।

अध्यक्ष धनरुप कामी अध्यक्ष रहने गरि ७ सदस्यिय समिति चयन भएकाे छ । उपअध्यक्षमा खेमराज मिजार, सचिव प्रमित विक काेषाअध्यक्ष साेधा नेपाली सहसचिव राजेन्द्र विक  र सदस्यहरुमा कमला चदारा टेक विक सर्बसम्बत चयन भएका छन ।

अधिवेशनबाट पाँच जना बराबर एक जना केन्द्रीय र प्रदेश पार्षद समेत निर्विरोध चयन  गरिएको निर्वाचन समितिका सदस्य प्रेमबहादुर रौलेले जानकारी दिएका छन् ।

विज्ञापन

उनले दिएको जानकारी अनुसार  केन्द्रीय पार्षदमा पाँच जना र प्रदेश पार्षदमा ६ जना निर्विरोध चयन गरिएको निर्वाचन समितिका सदस्य रौलेले टुडेलाई बताए ।
निर्वाचन समितिले आजै पद तथा गोपनीयताको सपथ ग्रहणसंगै निवर्तमान अध्यक्ष मदन वि.क.ले पद नव निर्वाचित अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

२०७६ सालमा बाजुरामा शाखा विस्तार भएको संघले दलितका हक अधिकार स्थापित गर्नका लागि संघ गठन भएकाे हाे । अधिबेशनकाे खुलाशत्र कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव  काशी विक प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा दलित पत्रकार संघका केन्द्रीय सदस्य वसन्त विश्वकर्मा,बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी लगायत अधिवेशकाे समुद्घाटन कार्यक्रममा जिल्ला स्थित दलित पत्रकार संघमा आवद्व पत्रकारहरु सहभागी रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार