होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माओवादीले असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने
देश/प्रदेश

माओवादीले असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने

  • नागरिक रैबार
माओवादीले असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको उनले बताए ।

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिए । यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ ।

विज्ञापन

यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस/मोर्चाको २७ र २८ गते बैठक बस्नेछ । यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए ।

‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौँ । त्यसमा आएका सुझाव र सल्लाहको आधारमा राजनीतिक दस्ताबेज तयार गरी असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने छौँ’, उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार