होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने
समाज

बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने

  • नागरिक रैबार
बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने

नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा साउन २४ गते बसेको बैठकले भदौ २ गते आईतबारका दिन सार्वजकि विदा दिने निर्णय गरेको हो ।

नगरपालिकास्थित नेपालकै प्रसिद्ध पर्यटकीय तिर्थ स्थल तथा धार्मिक आस्थाको धरोहर बडीमालिका माताको मन्दिरमा पुजा हुने भएकोले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि शाहले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार भदौ २ गते आइतबारका दिन पालिका अन्तरगतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक तथा निधि विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

विज्ञापन

May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार