होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
बाजुरा बिशेष

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

  • नागरिक रैबार
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

नागरिक रैबार/बाजुरा ३१ साउन। बाजुराबाट पूजा सामग्री लिएर सरकारी टोली प्रसिद्ध धार्मिक स्थल बडीमालिका प्रस्थान गरेको छ । बिहिवार सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा गरेर बडीमालिका मन्दिरको पुजाका लागि जिल्लाको सरकारी टोली प्रस्थान गरेको हो ।

बडीमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, नेपाली सेना, सशस्त्र प्रहरी सहितको सरकारी टोली हिडेको छ । जिल्लाबाट सरकारी टोली प्रस्थान गरेसँगै सुदूरश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकिय स्थलको धरोहर बडीमालिका तिर्थयात्रा विधिवत रुपमा सुरु भएको छ ।

बडीमालिका मन्दिरमा भाद्र शुल्क चतुर्दशी अर्थात भाद्र २ गते बडीमालिका मेला लाग्दैछ । त्यस्तै बडिमालिकाको पूजाका लागि डोटीको शैलेश्वरी मन्दिर र पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली यस अघि नै हिडिसकेको छ ।

विज्ञापन

बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगायतका विभिन्न ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिडिसकेका छन् । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूणीर्माको दिन देखि मन्दिरमा श्रदालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

बडीमालिका क्षेत्रमा विभिन्न किसिमका जडीबुटीहरु, कन्दमुल, पाँचऔले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ । उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ । सुदूपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् ।

बडीमालिका मन्दिरको दर्शनका लागि पुग्ने भक्तजनहरुले आफूले मनले सोचेको छ जे बर माग्यो त्यो पुरा हुने विश्वास रहदै आएको छ । मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने भक्तजन धार्मिक विश्वास गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार