बाजुरा। बाजुरामा सञ्चालित गैरसरकारी संस्था मानव शंसाधन केन्द्र (एचआरसी) बाजुराले सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत प्रतिनिधी र लाभान्वित सेवाग्राहीहरुको उपस्थितिमा संस्थाले वर्षभरी गरेका गतिविधी सार्वजनिक गरेको हो ।
बाजुरा जिल्लाका ९ मध्ये ५ स्थानीय तहमा लागु एचआरसी बाजुरा अन्र्तगतका परियोजनाले वर्षभरी सञ्चालन गरेका क्रियाकलाप, खर्च वितरण, लाभान्वित सेवाग्राहीको उन्नती लगायतका सामाग्रीहरु लेखा परीक्षण कार्यक्रममा सार्वजनिक गरेको थियो ।
२०१७ सालबाट बाजुरामा सञ्चालन भईरहेको एचआरसीले कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाले अपाङ्गता व्यक्तिलाई सहयोग, दलितको पैरवी तथा जिविकोपार्जन, कृषकलाई व्यवसायीतिर आकर्षण गर्ने, लक्षित वर्गका मानिसहरुलाई सीपमूकल तालिम प्रदान, विपद् पीडित परिवारलाई सहयोग लगायतका थुप्रै कामहरु गर्दै आईरहेको एचआरसी बाजुरा कार्यकारी निर्देशक रमेश सुनारले बताएका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई सूचनाको पुहँचमा पुर्याउनका लागि कोल्टी क्षेत्रमा रेडियो बुढीनन्दा स्थापना गरी स्थानीयलाई सूचनाको पहुँचमा पुर्याएको उनले बताए । लेखा परीक्षणमा संस्थाले गरेका हरेक गतिविधीहरु कार्यक्रम सञ्चालन गरिएको हलमा प्रत्येक्ष फोटोहरु टाँसिएकामा उपलब्धीमूलक कामहरुको अतिथिहरुले क्रःमस अवलोकन गरेका थिए ।
कार्यक्रममा गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जिल्लामा एचआरसीले गरेका कामहरुको प्रशंसा गर्दै परियोजनालाई निरन्तरता दिन आग्रह गरेका छन् । समाज परिवर्तन र विकास निर्माणको कार्यमा स्थानीय सरकारलाई सघाउने काम संस्थाले गरिरहेको बताउँदै अझै सहकार्य गर्न तयार रहेको बताए ।
एचआरसी परियोजनाका कार्यक्रमहरुले कृषक, दलित, महिला, अपाङ्ग व्यक्ति, युवा तथा बालबालिकाको क्षमता विकास, हलिया र विपद् पीडितहरुलाई ठुलो सहयोग गर्दै आईरहेको बताउँदै गौमुल गाउँपालिकामा संस्थासंग नजिक भएर काम गरिरहेको र अझै साँझेदारीलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले ९ वटै स्थानीय तहमा कार्यक्षेत्र बनाउँन जोड दिएका छन् । हरेक वर्गको हितका निम्ति काम गर्ने संस्था एचआरसीले सबै पालिकामा काम गरी पीडित जनतालाई थप पहुँचमा ल्याउनुपर्ने बताए ।
त्यसैगरी एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाहीले पालिकाकै निती, नियम र कार्यक्रमभित्रै रहेर काम गरिरहेको बताएका छन् । उनले कार्यक्रममा आएका सुझाव, सल्लाह र प्रतिक्रियालाई आत्मसाथ गर्दै आगामीक दिनमा आगाडी बढ्ने बताउँदै थप सहयोग, सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
एचआरसी बाजुराका अध्यक्ष शाहीकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो । भने विशिष्ट अतिथिमा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया रहनुभएको थियो ।
मदन जैशीले सञ्चालन गरेको कार्यक्रममा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष सूर्यकिरण विक, वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्याय, ८ का वडाध्यक्ष चन्द्रबहादुर थापा, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, सेवाग्राही, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु