होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु
Breaking News

बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु

  • नागरिक रैबार
बाजुरामा २ दिनदेखि अवरुद्ध विद्युत सेवा सूचारु

नागरिक रैबार/बाजुरा २८ भदाै। बाजुरामा बुधबार साँझबाट अवरुद्ध विद्युत सेवा सूचारु भएको छ । अविरल वर्षाका कारण डोटी जिल्लाको सानागाउँ नजिकै राष्ट्रिय प्रसारण लाइन अन्तरगतको पोल ढलेर बुधबार साँझदेखि बाजुरा र अछाम जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो ।

अबिरल वर्षाका कारण दिपायल–साफेबगर ३३ केभिए लाईन अन्तरगत डोटीको सानागाऊँ नजिक ढलेको पोल अछाम वितरण केन्द्रबाट खटिएको टोलीले मर्मत गरेपछि शुक्रबार साँझ साढे ६ बजेबाट सूचारु भएको नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएको छ ।

बुधबार रातिदेखि अछाम र बाजुरा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार