नागरिक रैबार/बाजुरा २९ असार। उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सुरु भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमका विच साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका छन ।
उद्योग बाणिज्य संघ बाजुुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका छन् ।
कार्यक्रममा संघको आर्थिक प्रतिवेदन, संघले गरेका उपलव्धीहरु प्रस्तुत गरिने भएका छन् । कार्यक्रममा बिशिष्ट अतिथि बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल लगायत रहेका छन ।
सभामा उद्योग वाणिज्य संघमा आवद्ध पदाधिकारी, सदस्य लगायत व्यापारी, बुद्धिजिवी पत्रकारहरुको सहभागिता रहेको छ । बाजुरामा २०५७ सालमा स्थापना भएको उद्योग बाणिज्य संघमा अहिलेसम्म २ हजार ५ सय भन्दा बढी सदस्य रहेका छन् । कार्यक्रम उद्योग बाणिज्य संघको आफ्नै सभाहलमा संचालन गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु