होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको परिवारलाई उचित क्षतिपुर्ति दिईने
समाचार

बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको परिवारलाई उचित क्षतिपुर्ति दिईने

  • नागरिक रैबार
बाजुरामा करेन्ट लागेर मृत्यु भएका विष्टको परिवारलाई उचित क्षतिपुर्ति दिईने

नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षिया मनबहादुर विष्टको परिवारलाई ठेकेदार कम्पनि र नेपाल विद्युत प्राधिकरणले उचित क्षेतिपुर्ति दिने सहमति गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसहित पीडित परिवार, ठेकेदार कम्पनि (ईश्वर निर्माण सेवा) र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र लगायतका सरोकारवाला निकायविचको बैठकले उक्त सहमति गरेको हो ।

साउन २६ गते (शनिबार) का दिन नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत साँफे–मार्तडी ३३ केभिको लाईन टेष्टिङ्गको क्रममा बडीमालिका–६ को जडाङ्गा विष्टलाई करेन्ट लागेर घाईते भएका थिए । विष्टको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

विज्ञापन

नेपाल विद्यूत प्राधिकरण बाजुरा वितरण केन्द्र र ठेकेदार कम्पनिकोे चरम लापरवाहीका कारण विष्टको मृत्यु भएको भन्दै ठेकेदार कम्पनिबाट उचित क्षेतिपुर्ति र विद्युत प्राधिकरणमा मृतकको श्रीमतिलाई रोजगारीको ग्यारेन्टी नगरेसम्म आफन्तहरुले शव नबुझ्ने अडान लिएका थिए ।

घटना भएको २ दिनपछि आज जिल्ला प्रशासन कार्यालय बाजुरामा भएको सरोकारवाला निकायविचको छलफलमा मृतक विष्टलाई काममा लगाउने ठेकेदार कम्पनि (इश्वर निर्माण सेवा) ले मृतकका परिवारलाई तत्काल क्षतिपुर्ति स्वरुप आर्थिक रकम सहयोग गर्ने र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा मृतककी श्रीमति हजारी कुमारी बडुवाल (विष्ट) लाई उनको शैक्षिक योग्यताको आधारमा मासिक ज्यालादारीमा रोजगारी दिने ग्यारेन्टी गरेपछि आफन्तहरुले शव बुझ्ने सहमति भएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

मृतक विष्टको काजकिरिया समयावधि सकिएपछि तत्काल उनको श्रीमतिलाई मिटर रिडरको रुपमा कार्यालयमा कामकाज गर्ने गरी रोजगारीको सुनिश्चितता गर्ने र तत्पश्चात मिति २०८१ साउन २८ को च.न. २५ को पत्रअनुसार माथिल्लो निकायको निर्णय बमोजिम हुने बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताएका छन् ।

जिल्ला प्रशाशन कार्यालय बाजुरामा भएको पिडित पक्ष र सरोकारवाला निकायविचको सहमति पछि जिल्ला प्रहरी कार्यालय बाजुरामा मृतकको शव परिक्षणका लागि जाहेरी दिने आफन्तले तयारी गरेका छन् ।

मृतकका आफन्तको जाहेरीपछि शवको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले बताएका छन् । उनका अनुसार भोलिमात्रै शवको पोष्टमार्टम गरिने भएको छ । भने मृतकको धार्मिक परम्परा अनुसार अनाईखोलामा भोलि दाहसंस्कार गरिने आफन्तले बताएका छन् । मृतकको शव जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।  विष्टको ३१ वर्षको उमेरमै करेन्ट लागेर मृत्यु भएपछि उनका श्रीमतिसहित  २ सन्तान सहारा विहिन बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार